सिन्डिकेट

 कविता

--------
सिन्डिकेट
----------
आजकल बाँदरहरूलाई सिन्डिकेट छैन
उनीहरू स्वतन्त्र छन्
बारहरू सडकमा भाँच्न
सँसद पस्न र कुर्सी भाँच्न थुत्न र लुट्न
पत्रिका खुलाछन् तिनका समाचार र तुक्का छाप्न
गाली गलौज उतार्न
सिन्डिकेट छैन

अलिकति शीपले मोरिएको
चित्र र कलात्मक डिजाइन
अनि कविको मर्म र भावना
कविले कुँदेको भाका र भाषा
छाप्न पत्रिकाले सिन्डिकेट राख्छ

कथँकदाचित् छापियो भने
त्यो अकविको अकविता हुन्छ
आजकल पत्तुहरू पत्रकार छन्
र तिनीहरू कविताका नाममा शव्द थुपार्छन्
तिनीहरू पुरस्कार बिजेता पनि छन्
नागरिक अगुवाका नामा डलर पनि खान्छन्
तिनीहरू बिकाउ पनि छन्

अनि नै छापिन्छन्
ए कवि!तपाईं सुदुर गाँउमा
खास मान्छेको त्यसमा पनि भुँइमान्छेको कविता लेख्नुहुन्छ
तपाईंको पोशाक नेपाली छ
नत भारू टाँसिएको छ
नत डलर चिप्काइएको छ
अनि तपाईंको कविता पनि खास छ
कलाछ
गेय छ ,फूल छ
धुन छ
बजाउन पर्दैन
उसै बज्छ

अनि पत्रिकाले र पत्रुकारले तपाईंलाई बिनमा फाल्छ
अकबरी सुन नचिन्नेहरू
पत्रिकाका सँपादक छन् यो गणतन्त्रमा
तपाईं छापिन कित नाक हेरिन्छ
कित ओहदाको पोशाक
तैपनि तपाईं कविता लेखिरहनु हुन्छ
तपाईंलाई बिश्वाश छ

खास कविता ऐले मिल्काए पनि
सुदुर भविष्यमा तपाईंको कविताले नै बजार लिन्छ
सिन्डिकेट अस्थायी हो
बाँदर पस्छ र निस्कन्छ
फेरि निस्कन्छ र पस्छ

सिन्डिकेट बाँदरहरूले नै बनाएको हो
खास मान्छे र खास कवि त्याहाँ पस्दैन
कविको कविताले त्याहाँ पस्नै हुँदैन
किनकि कविको कविता बिक्रीमा छैन
त्यसैले सिन्डिकेट तोडेर
भलाद्मी कविता पस्दैन
कवि रङ्ग बोक्दैन
कवि झोला पनि बोक्दैन
र बाटो पनि छोड्दैन
तसर्थ सिन्डिकेटले खास कविको कविता पनि छाप्दैन
तर पनि खास कवि कविता लेख्छ
लेख्छ खास कविता लेख्छ
सिन्डिकेट किच्च पल्टिरहन्छ यो लोकतन्त्रमा।



कविता
-------
कला
-------
मसँग कला आईन्
र मुस्कुराईन् अनि फेरि रुईन् पनि
उनी शीप पनि हुन्
जाँगर पनि हुन्।

याहाँ आजकल कलाहरूको मान्यता छैन
चिवे चरोका आँखाले पनि बलात्कार गर्छ
साँसदले पनि बलात्कार गर्छ
मन्त्रीले पनि हिँसा गर्छ
कलाहरू आजितछन्
कहाँ कसरी कलाहरू शुरक्षित हुने
नत कुनै आर्ट ग्यालरी छ
नत कुनै शुरक्षित सडक छ।

कलालाई थान्कामा सजिलो छ
कलालाई गायनमा सजिलो छ
कलालाई बादनमा सजिलो छ
कलालाई थिएटरमा सजिलो छ
तर त्यँही बास बस्न त मिल्दैन 

Comments

Popular posts from this blog

Prose&poems