Posts

Showing posts from October, 2020

कविता

                             कविता       ठेकेदार साब ----------------------   उकालीमा भेट भएका ठेकेदार साबले भने "हैन कविजी किन ओर्हालो हिँड्नु खलाँती नै भएपनि छात्ति उक्लनु नै पर्छ मैले अहिलेसम्म उनान्सय कवि कथाकार बनाएँ आठदस उपन्यासकार पनि बनाए,पुरस्कार दिलाँए आजीवन सदस्यको मात्र पच्चीस हजार मञ्चमा प्रमुख अतिथि बनाएको मात्र दसहजार खादो ओढाएको मात्र सातै हजार कविता मिलाएको अलि बढी छ लेख्नेलाई पनि दिनै पर्यो बिदेशको नोमिनेेसन र भिसाको अरू बढी अमेरिकाको सातलाख मुलुक हेरिहेरि बिदेशका कोही कवि कोही कथाकार कोही गजलकार बन्न चाहनेलाई अलि बढ्तैछ हेर्नुस् कविजी ऐलेत हामीले कोसेली ,फुर्सद र अरू पनि मिलाएकैछ हाम्रो चिञ्हलागेन भने महाकवि जन्मी आएपनि माधव घिमिरे बौरिए पनि विश्व प्रथमनै हुने लेखे पनि !छापिने होइन तसर्थ याहाँकालागि पनि ढोकाखुला छ नत्र पुरानिएर पनि नयाँ हुँइदैन सम्मान पाँइदैन तसर्थ सदस्य बनिहालौँ नत्र अबेर हुनेछ क...

Prose&poems

  कहिलेकाँही विगत कोट्याँउदा।  -------------------------- मधुपर्क मसिक प्रकाशन हुन्थ्यो र इलामको चोक बजारमा मालापथतिर मोडिने नजिकै तत्कालीन दाहाल होटलको छेउको साझा प्रकाशनको पसलमा पनि पुग्थ्यो बि.सं२०३६ साल तिर।दुर्गाशर्मा भट्टराई किन्न पुग्थे हरेक महिना म पनि उनको पछि लाग्थें।उनले साङ्गोपाँङ्गो पानाहरू छिचोलि सकेपछि गणेश निरौलाको पढ्ने पालो आँउथ्यो र त्यस पछि म पनि अलि अलि पढ्ने गर्थें ।दुई जना हस्तिहरूको गहन बहस चल्थ्यो र म पनि सुन्थें ।अलिअलि लेख्थें पनि।तर मेरो सिकारु कलमले लेखेको कतै छाप्ने मौका भने पर्दैन थियो । त्यसो त दुर्गा र गणेश निरौलाका छिप्पट कलमले लेखेको पनि तीनताका छापिएको देखिन मैले।राधेश्याम लेकाली विराटनगरबाट कदर साहित्यक मासिक  पत्रिका प्रकाशन गर्दथे। उनी इलामे भएका कारणले पनि त्यो पत्रिका इलाममा बेला बेला देखा पर्थ्यो।झापाबाट विश्वदिप स्व.मदन ढकालको निस्कन्थ्यो तर त्यो पुर्ण साहित्य भने थिएन। अरू पारी तिरको दियालो पनि आक्लझुक्ल इलाममा झुल्कन्थ्यो। पत्रिकामा कविता, कथा, निबन्ध लगायत कुनै पनि विधामा छापिनु भनेको तीनताका निकै महत्त्वपूर्ण मानिन्थ्यो ...