कविता

         

                  कविता
      ठेकेदार साब
----------------------
  उकालीमा भेट भएका ठेकेदार साबले भने
"हैन कविजी किन ओर्हालो हिँड्नु
खलाँती नै भएपनि छात्ति उक्लनु नै पर्छ
मैले अहिलेसम्म उनान्सय कवि कथाकार बनाएँ
आठदस उपन्यासकार पनि बनाए,पुरस्कार दिलाँए
आजीवन सदस्यको मात्र पच्चीस हजार
मञ्चमा प्रमुख अतिथि बनाएको मात्र दसहजार
खादो ओढाएको मात्र सातै हजार
कविता मिलाएको अलि बढी छ
लेख्नेलाई पनि दिनै पर्यो
बिदेशको नोमिनेेसन र भिसाको अरू बढी
अमेरिकाको सातलाख
मुलुक हेरिहेरि
बिदेशका कोही कवि कोही कथाकार कोही गजलकार
बन्न चाहनेलाई अलि बढ्तैछ
हेर्नुस् कविजी ऐलेत हामीले कोसेली ,फुर्सद र अरू पनि मिलाएकैछ
हाम्रो चिञ्हलागेन भने महाकवि जन्मी आएपनि
माधव घिमिरे बौरिए पनि
विश्व प्रथमनै हुने लेखे पनि !छापिने होइन
तसर्थ याहाँकालागि पनि ढोकाखुला छ
नत्र पुरानिएर पनि नयाँ हुँइदैन
सम्मान पाँइदैन
तसर्थ सदस्य बनिहालौँ
नत्र अबेर हुनेछ
कविता त के र?
-आँप र पिँडालु आलु
खन्युको फेदमा सधैं भालु-!
लेखेपनि त्रिबिबिको पाठ्यक्रममा परिहाल्छ
रोयल्टीमात्र हैन कमिसन पनि हात परिहाल्छ
टोलटोलमा नमस्कार मिलिहाल्छ
ल कवजी! छिटो गरौँ
अबेर नगरौँ
बम्पर उपहार पाउन बेर नगरौं ?
पुड्को भएर पनि
भुस्तिघ्रे डोन बनेर पनि
रकम बुझाए पछि
देवकोटा नै बन्छन् बाँचुञ्जेल
कविलाई के भन्नुपर्छ र ?मैले मरेपछि डुमैराजा
बोल्दै थिए लगातार ठेकेदारसाब
देउरालीमा बाटो छुट्टियो
उनी मन्त्राणीज्यूलाई कवि र कथाकार बनाउने
मसिनलिएर उतालागे
म आफ्नोे बाटो लागेँ।

Comments

Popular posts from this blog

Prose&poems