सुदूर गाउँबस्तीहरूमा कवि ः उदय निरौला प्रकाशक:-दिपक काफ्ले सर्वाधिकार ः कविमा संस्करण ः पहिलो, २०८९ आवरण कला ः रमेश पौडेल मूल्य ः रु ५००÷– मुद्रक ः क्ष्क्द्यल्स् प्रकाशकीय नेपाली साहित्यमा २०३५–३६ देखि नै कलम चलाँउदै आउनुभएका उदय निरौला नामसालिङ इलाम, हाल भक्तपुर बस्नुहुन्छ । मैले कक्षामा क ख ग पढ्दा नै वहाँ कविता र निबन्ध लेख्नुहुन्थ्यो । कत्ति विचलित नभई निरन्तर लेखनमा सक्रिय वहाँका यसअघि नै पाँचवटा कविता सङ्ग्रह र एक संस्मरणात्मक निबन्ध सङ्ग्रह प्रकाशन भइसकेका छन् । वहाँका कविताहरू नेपालमा प्रकाशित हुने दैनिक पत्रिका गोरखापत्र, कान्तिपुर, नयाँ पत्रिका, राजधानी, समाचार पत्र, नागरिकलगायत धेरै पत्रिकाहरूमा२०४१/४२सालबाट नै हामी सुदूर पूर्व निवासीहरूले पनि पढ्न पाएको याद आउँछ । म गैर साहित्यिक एक व्यवसायी एवम् एक राजनीतितिर अघि बढिरहेको मान्छे भएर पनि यदाकदा साहित्य पढिन्छ नै । धेरै पुराना बिपि कोइराल...
Posts
Showing posts from December, 2022
- Get link
- X
- Other Apps

कविता म लेख्छु कविता ------------- म लेख्छु कविता लेख्छु यद्यपि देख्तिन कविता यदि देखेर लेख्ने हो भने त ! सायद धेरै राम्रो हुन्थ्यो होला धेरै सुन्दर हुन्थ्यो होला। देखेर म कसैसित प्रेम गर्छु कवितालाई जस्तै यद्यपि छुएर गर्दिन सायद छोएर गरिन्थ्यो भने त! निकै नै भद्दा हुन्थ्यो होला। देखेर फूलसित खेल्छु म सायद टिपेर खेल्थेँ भनेत! फूलको सौर्न्दर्य हराँउथ्यो होला म म नरहेर म सायद मेटिन्थ्यो होला। म सायद हराँउथ्यो होला! कति बस्तु यस्ता छन् छुनै नसकिने छोएमा फेरि फेरि भेट्न कठिनहुने कति बस्तु यस्ता छन् सायद हेरेर मात्र कमै हुने छामेर धेरै सुन्दर हुने यद्यपि छुन कहाँ सकिन्छ र खुशीलाई छुन कहाँ सकिन्छ र आनन्दलाई अनि मानिसलाई जस्तो भेट्न कहाँ सकिन्छ र?कवितालाई। म लेख्छु कविता लेख्छु न भेट्न सक्छु न छाम्न सक्छु। यद्यपि पनि म लेख्छु कतै छोएर लेख्छु कतै बिझेर लेख्छु कतै बिर्सेर लेख्छु कतै संझेर लेख्छु।